१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

बुद्धभुमी नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१५ भदाै, काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते, मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीय बासिन्दाका आईपीओ निष्काशन गरेको हो । मागभन्दा बढि आवेदन परेकाले मंगलबार आज बैंकिङ समयपश्चात बन्द गरिने छ ।

कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । लगनीकर्ताले आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको (बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको (बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार शुक्रबारसम्म २१ हजार ४७६ जना आवेदकले १५ करोड ३१ लाख कित्ता लागि आबेदन दिएका छन् । यो माग गरिएकोभन्दा ३८३ प्रतिशत बढी आवेदन परेको हो ।

प्रकाशित मिति : August 31, 2021 at 10:23 am