२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रधानमन्त्री देउवाद्वारा फोहोर व्यवस्थापन गर्न निर्देशन

१४ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकामा थुप्रिएको फोहोर उठाउन निर्देशन दिएका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई जतिसक्दो चाँडो उपत्यकाको फोहोर उठाउन निर्देशन दिएका हुन् ।

उनले अरू निकायसँग समन्वय गरेर फोहोर व्यवस्थापन गर्न निर्देशन दिए । प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई काठमाडौंको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने माग राखेर पत्रसमेत दिएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार २३:०३