२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा एमाले नुवाकोटका पुराना नेता मधु बोगटीको निधन

१४ भदाै, नुवाकोट । नेकपा (एमाले)का पुराना नेता मधु बोगटीको सोमबार निधन भएको छ । बोगटीको ककनी गाउँपालिका वडा नम्बर ७ चतुरालेमै सोमबार निधन भएको नेकपा एमाले नुवाकोटका सचिव काशिराज अधिकारीले जानकारी दिए ।

अधिकारीले बोगटी तत्कालीन चतुरालेमा कम्युनिस्ट पार्टीको संस्थापक रहेको र साविक चतुरालेको वडा नम्बर ३ को वडा अध्यक्ष समेत रहेको बताए । बोगटीले निरंकुशताका विरूद्धमा विभिन्न प्रशिक्षण चलाउन आफ्नो घरको बुइगल समेत उपलब्ध गराएका थिए । बोगटीको सोमबार नै हिन्दु संस्कार अनुसार अन्त्यष्टि गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार २२:३३