२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

काेराेना अपडेटः २२९५ संक्रमित थपिए, १६ जनाको मृत्यु, १८०८ संक्रमणमुक्त

१४ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११८९२ जनाको पीसीआर परीक्षण गर्दा १९०२ र ४३४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९३ जना गरी थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। सोही अवधिमा १८०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १६:४८