२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते, गम्भीर ४ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइदै

१४ भदौ, काठमाडौँ । धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।  ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका हुन् । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको  ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।

सोमबार बिहान सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा बा ३ ख ५६२३ नम्बरको मिनी ट्रक ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किदा दुर्घटना भएकाे अध्यक्ष तिमल्सेनाले बताए ।

घाइते मध्ये गम्भीर ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाएको र थप १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको उनले बताए ।

फोटो सौजन्य : विकास रौनियार

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १४:३१