२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

१० बुँदे कार्यन्वयन गर्न एमालेले ताेक्याे ३२ नेताहरूलाई जिम्मेवारी

१४ भदौ, काठमाडौं । नेकपा एमालेले प्रदेश तहमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ। भदौ ८ गते बसेको स्थायी कमिटी र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरू र निष्कर्षहरू मातहत कमिटी र पार्टी सदस्यहरुसमक्ष जानकारी एवं कार्यान्वयनका निम्ति पठाइएको अन्तरपार्टी निर्देशनमा विभिन्न ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।

प्रदेश नं. १ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङ, प्रदेश नं. २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु शाह, सुमन प्याकुरेल, ज्वाला कुमारी साह, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखरेल र गण्डकी प्रदेशमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा, लीलबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोख्रेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी, सुदुरपश्चिम प्रदेशमा भीमबहादुर रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र जनसंगठनहरूमा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण बिष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिइएको छ ।

(एमाले)मा विद्यमान समस्या समाधानसम्बन्धी १० बुँदे प्रस्तावमा आधारित निर्णयहरू कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान गर्न, केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्न, केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिने विषयमा आवश्यक गृहकार्य गर्न भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १२:५१