१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस खातामा जम्मा,तपाईंकाे आयाे त ?

१४ भदाै, काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । इन्स्योरेन्सकाे गत जेठ २८ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले पारीत गरेको ५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो ।

इन्स्योरेन्सले जेठ १३ गतेसम्म शेयर अभौतिकरण गराएका शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको जनाएको छ । त्यसपछि डिम्याट खाता अभौतिकरण गराएका शेयरधनीहरुलाई क्रमश वितरण गर्ने इन्स्योरेन्सले जानकारी दिएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई आफ्नो शेयर अभौतीकरण गराउन समेत अनुरोध गरेको छ । ५ प्रतिशत लाभांश भने कम्पनिले यसअघिनै वितरण गरिसकेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ११:३०