२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेता समेत नपाएपछि माधव नेपालको रसुवा पार्टी राजेन्द्र पाण्डेको च्याम्बरबाट घोषणा

१४ भदौ, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेता बन्ने मन्छे समेत नपाएपछि काठमाडौँबाटै रसुवाको जिल्ला कमिटी घोषणा गरेको छ ।

शनिबार मनोमहन अस्पताल सञ्चालन गर्ने नेपाल स्वास्थ्य सहकारीमा रहेको राजेन्द्र पाण्डेको च्याम्बरमा बसेर रसुवाको पार्टी घोषणा गरिएको छ । जसको अध्यक्षमा विष्णुप्रसाद देवकोटा र सचिवमा शिव लामिछाने रहेका छन ।

लामिछाने मुकुन्द न्यौपानेको अभिभावकत्वमा पछिल्लो समय पर्यटनको राजनीति गरिरहेका व्यक्ति हुन । उनीहरूले नेकपा एमाले विभाजन हुनु केही वर्ष पहिल्य नै एमालेको पर्यटन संगठन विभाजन गरेर नयाँ संस्था बनाएका थिए । उक्त संस्था बनाउन सक्रिय भएका मध्ये मुकुन्द न्यौपाने र लामिछाने मात्र अहिले माधव नेपालको पार्टीमा लागेका छन ।

नेता हुने मान्छे समेत नपाएपछि ५१ सदस्यीय भनेको कमिटीमा २९ जना सदस्यमात्र राखिएको छ । रसुवाका परिचित नेताहरू माधव अर्याल, जनार्दन ढकाल, कर्याल लामा र छेवाङ् तेन्जिङ लामा लगायत सबै एमालेमा रहेपछि माधव नेपालको विरासत धान्न जिल्ला कमिटीमा बस्ने मान्छे समेत नपाएपछि ५१ सदस्यी भनेको जिल्ला कमिटीमा हाल २९ जनाको नाम घोषणा गरिएको छ ।

राजेन्द्र पाण्डेको च्याम्बरमा बसेर बनाइएको पार्टीको घोषणा सामाजिक सञ्जाल मार्फत सचिव लामिछानेले गरेका छन । लामिछानेको घोषणा अनुसार जिल्ला कमिटीमा रहेका सदस्यहरू यस प्रकार रहेका छन ।
• बिष्णु प्रसाद देवकोटा (अध्यक्ष)
• बिनोद लामिछाने (उपाध्यक्ष)
• शिव प्र. लामिछाने (सचिव)
• सुर्जे तामाङ्ग (उपसचिव)
• दावा तामाङ्ग (वृधीम)
• राम शरण न्यौपाने
• सनद देवकोटा
• रण प्रसाद न्यौपाने (बलराम)
• ठाकुर पौडेल
• कमला लामिछाने
• निमार्ण शर्मा
• गंगा वि.क
• नमिनाथ देवकोटा
• फुर्वा तामाङ्ग
• कृष्ण घले
• शिव देवकोटा
• समुन्द्र क्षेत्री
• बाल कुमारी अगस्ती
• सन्तोष तामाङ्ग
• नमराज लामिछाने
• भिम तामाङ्ग
• चिनी माया घले
• वि.एन न्यौपाने
• अर्चना तामाङ्ग
• सन्त बहादुर घले
• दिपक गजुरेल
• फुर्वा तामाङ्ग
• प्रमिला बगाले
• राम कुमार देवकोटा

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ११:०८