२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

१४ भदाै, काठमाडाैँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी रहेका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे आइतबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ११:०८