२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सभामुखको निष्पक्ष भूमिका समाप्तः १४ सांसदमाथि एमालेको कारबाही बदर

१३ भदौ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका समाप्त पारेका छन । राजनीतिक पूर्वाग्रहको आधारमा उनले सभामुखको भूमिकामाथि प्रश्नै प्रश्न खडा गरेका छन । एउटा राजनीतिक दलको मामुली कार्यकर्ताको जस्तो व्यवहार प्रदर्शन गरेर सापकोटाले एक पछि अर्को विवादित निर्णय लिने काम गरिरहेका छन ।

उनले आइतबार नेकपा एमालेले कारबाही गरेका १४ सांसदको कारबाही बदर गरेका छन । उनी आफैँले कारबाहीको फाइल लुकाएर राखेर अहिले नयाँ दल गठन भएको भन्दै एमालेको कारबाही बदर गरेका हुन ।

निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही गर्नु नपर्ने निर्णय सभामुख सापकोटाले गरेको उनको संसद सचिवालयले जनाएको छ । सपाकोटा ती सांसद माथि कारबाही गर्नुपर्ने भयले कहिले कार्यालयमै हाजिर भएनन त कहिले दाँतको शल्यक्रियाको बहाना गरे ।

सचिवालयले एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कारबाही गर्न नपर्नेबताएको जानकारी दिएको छ ।

एमालेले पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो । तर सापकोटाले एमालेले कारबाही गरेपछि बनेको पार्टी दर्ता भएको देखाउँदै आफैले नियतवश रोकेर राखेर आइबार कुनै कारबाही गर्नुनपर्ने जवाफ एमालेलाइ दिन लगाएका छन । यसअघि उनले माओवादीले बादल लगायतलाइ गरेको कारबाही ७२ घण्टा पूरा नहुँदै कार्यान्वयन गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार २०:१३