२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

तरुण दल कञ्चनपुरका उपाध्यक्ष विष्णु न्यौपाने एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

१३ भदौ, कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन् । न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । आज एक कार्यक्रमबीच न्यौपानेलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतका नेताहरूकाे उपस्थिति रहेका थियाे।

२०६४ सालदेखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थिए । कञ्चनपुर बेलौरी नगरपालिका ४ का न्यौपाने स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका व्यक्ति हुन । उनकाे एमाले प्रवेशसँगै कंचनपुरमा आगामी निर्वाचनमा कांग्रेसलाई ठुलाे धक्का पुग्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १६:०४