२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमाले र जसपाका जनप्रतिनिधिलाई भदौ २२ सम्म दल छनोट गर्न समयसीमा निर्धारण (विज्ञप्तिसहित)

१३ भदौ, काठमाडौँ । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो ।

नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार आयोगले समय निर्धारण गरेको हो ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १५:४५