२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बलात्कार आरोपी मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै सुर्खेतमा प्रदर्शन

१३ भदाै, सुर्खेत । एमाले निकट अनेरास्ववियु र युवा संघले कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन् । मन्त्री शाहीलाई बलत्कारको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्दै उनीहरुले आइतबार दिउँसो वीरेन्द्रनगरमा जुलुस निकालेका हुन् ।

उनलाई एक महिलाले २०७६ माघमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, अहिले ती महिलाले घटना निराधार भएको बताउँदै आएकी छन् । ती महिलाले घटनाका विषय धेरै नउचाल्न आग्रह गर्दै सामाजिक मानसिक रुपमा आफू बिक्षिप्त भएको बताउँदै आएकी छन् ।

उनले आत्महत्या गर्ने चेतावनी दिदैँ आएकी छन् । मन्त्री शाहीको निजी सचिवालयले आर्थिक लाभका लागि महिलाले बलात्कारको आरोप लगाएको दाबी गर्दै आएकाे छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १५:०८