१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेप्सेमा १ लाख ९१ हजार कित्ता बोनस सेयर सूचिकृत

१३ भदाै, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८.१३ प्रतिशत बाेनस बापतकाे १ लाख ९१ हजार ५ सय २० कित्ता सेयर सूचिकृत भएको हाे ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १४:५०