२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओमा पर्याे ३८३ गुणा बढी आवेदन

१३ भदाै, काठमाडौँ । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १५ करोड ३१ लाख बराबरको आवेदन परेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार शुक्रबारसम्म २१ हजार ४७६ जना आवेदकले १५ करोड ३१ लाख कित्ताका लागि आवेदन परेकाे छ । यो माग गरिएकोभन्दा ३८३ प्रतिशत बढी आवेदन परेको हो ।

साउन ३२ गतेदेखि कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको हो । कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

लगनीकर्ताले आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २९ गतेसम्म लगानीकर्ताले आवेदन दिनसक्नेछन् ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको (बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको (बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : August 29, 2021 at 12:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/