२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

भाजपाका चौथाइवालेसँग जयसिंह धामीको हत्याका बारेमा क-कसले कुरा गरे ?

१३ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष डा भीबहादुर रावलले जयसिंह धामीको हत्या भएको एक महिना हुँदा पनि सरकारी तर्फबाट दोषी पत्ता लगाउन र कारबाही गर्न कुनै पहल नभएको रोष प्रकट गरेका छन ।

सामाजिक सञ्जाल ट्वीटरमा विषयको उठान गर्दै उपाध्यक्ष रावलले भाजपा नेतासँग भेट्ने क-कसले धामीको हत्याका बारेमा कुरा उठाए भनेर जानकारी दिनुपर्ने पनि बताएका छन ।

रावलले भनेका छन, ‘कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कार्वाई गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि ?’

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १२:०६