२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल जारी

१३ भदौ,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी रहेकाे छ ।

छलफलका लागि प्रचण्ड र माधव नेपाल बालुवाटार पुगेको स्रोतले बताएको छ। उनिहरूबिच मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेर छलफल भएकाे बताइएको छ । सत्तारूढ गठबन्धनबीच कुन–कुन मन्त्रालय क कसले पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको बेला तीन नेताहरु छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार ११:२७