२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नुवाकोटमा माधव नेपाल निकटका नारायणण खतिवडा लगायत एमालेमा

१३ भाद्र, नुवाकोट । नेकपा एमाले विभाजन गरेर नयाँ दल बनाएपछि माधवकुमार नेपालको साथ छाड्ने नेता र कार्यकर्ता बढेका छन । नुवाकोटमा विगतमा माधवकुमार नेपालको नाममा अलग अभ्यास गरेका अध्यक्ष नारायण खतिवडा र सचिव बुद्धि प्रधान लगायत एमालेमै समायोजित हुने भएका हुन ।

पछिल्लो सात महिनादेखि एमालेको गतिबिधिबाट टाढा रहेर पार्टीको नीतिविरूद्धको गतिबिधिमा सहभागी भएका नेता कार्यकर्ता अहिले मुलघरमा फर्किनेक्रम बढेको छ । स्रोतका अनुसार अहिले खतिवडा र प्रधान दुबै जना आफू निकटका नेताहरूसँग परामर्श गरेर उनीहरूलाई माधव नेपालको पार्टीबाट रोक्न लागि परेका छन । प्रधानले जेठ २ मा फर्किने पार्टीको मुल नेतृत्वको निर्णय मानेर आफूहरू अघि बढ्न तयार रहेको बताए ।

तत्कालीन जिल्ला कमिटीका बढीमा १० जनामात्र माधव नेपालको नयाँ पार्टीमा जाने देखिएको छ । त्यसका लागि पूर्व सांसद समेत रहेका राजेन्द्रप्रकाश लोहनीले काम गरिरहेका छन । खतिवडा र प्रधानहरू बाटो बिराएर पार्टीबाहिरको गतिबिधिमा सहभागी हुँदा नुवाकोटमा एमालेको गतिबिधि बद्री मैनाली अध्यक्ष र काशिराज अधिकारी सचिव भएर अघि बढाएका थिए ।

उनीहरूले एमालेको एकताका लागि केन्द्रीय सहमति अनुसार नेताहरूलाई जिम्मेवारीमा फर्केर काम गर्न स्वागत गर्न तयार रहेको र अहिले छलफल चलिरहेको बताएका छन । अध्यक्ष मैनालीले एमालेमै फर्किने नेताहरूका लागि सम्मानजनक जिम्मेवारी दिएर अघि बढाउन तयार रहेको बताए । सात महिनाको बीचमा एमालेले जिल्ला ८८ वटै वडामा आफ्नो राजनीतिक र सांगठनिक गतिबिधि अघि बढाएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार ०८:२५