२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रदेश १ मा माधव नेपालकाे साथ छाडेका २ सांसद मन्त्रीमा नियुक्त

११ भदौ, विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषद्मा लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन् भने बलबहादुर साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनिहरू माधव नेपाल समूहमा रहे पनि नेकपा एकीकृत समाजवादीमा नगइ एमालेमै बसेका हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १८:००