१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेप्सेमा आरविवि म्युचुअल फण्ड-१ सूचीकृत

११ भदाै, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आरविवि म्युचुअल फण्ड -१ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरविविम्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो बन्दमुखी योजना“आरविवि म्युचुअल फण्ड १”नामको योजना सूचीकृत भएको हो ।

प्रतिइकाई १० रुपैयाँ दरको एक अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० लाख इकाई नेप्सेमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमानेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

उक्तम्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनी आरविविमर्चेन्ट बैंकिङ रहेको ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १७:०१