२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बाढी पहिरोमा परेकाहरुको उद्धारमा जुट्न  युवा संघको अपिल

११ भदाै, काठमाडाैँ । युवा संघ नेपालले देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परेकाहरुको उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई अपिल गरेको छ ।

संघका अध्यक्ष किरण पौडेलले नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुमा बाढी र डुबानको बढी जोखिम भएकोले ती जिल्लाका युवा संघका सम्पूर्ण कार्यकर्तालाई पीडितको उद्धार, राहत र अन्य स्वयंसेवी भूमिका निर्वाह गर्न अपिल गरेका छन ।

यसैगरी युथ फोर्सका अध्यक्ष क्षितिज थेबेले पनि युथ फोर्सका सम्पूर्ण कार्यकर्तालाई बाढी पीडितको उद्धारमा तत्काल जुट्न अपिल गरेका छन ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ११:४९