२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कांग्रेस नेता आलमको मुद्दा न्यायाधीश राउत र ढुंगानाको संयुक्त इजलासमा

११ भदाै, काठमाडौँ । कांग्रेस नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुनका लागि दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आलमको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमाका पेसी तोकिएको छ । आलममाथि  इँट्टा भट्टामा जिउँदै मान्छेलाई राखेर जलाएको अभियोग लागेकाे छ ।

उनलाई २०७६ कार्तिक २९ गते पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले आदेश दिएको थियो । उनले आफुलाई  थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १२:२३