१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

सनराइज बैंककाे ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१० भदाै, काठमाडौँ । आजदेखि सनराइज बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनी जोतिकुमार बेगानीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ । यसअघि १६५ रुपैयाँ निर्धारण गरिएइको थियो । उक्त सेयर खरिद गर्न चाहाने इच्छुक संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा प्रचलित व्यवस्था अनुसार गैर संस्थापकहरु बिक्री गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १४:३१