२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मनसुनी वायुको प्रभावः यी तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

१० भदाै, काठमाडाैँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक रहेकाले बिहीबार दिउँसो देशभर बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

महाशाखाका अनुसार दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना पनि रहेकाे महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेकाे छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार ११:१७