१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

तेह्रथुम पावरको आईपीओमा कति पर्याे आवेदन

१० भदाै, काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा साडे ५ लाख जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा १० गुणा धेरै आवेदन परेको हो ।

कम्पनीले बुधबारदेखि १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १०:५५