२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्र जाजरकोटमा

१० भदौ, जाजरकोट । कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्र जाजरकोटको भेरी नगरपालिका–३ राताचौरमा निर्माण कार्य सुरु गरिएको छ ।

करिब ८ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रवन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए ।

पूर्ववन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भवनको शिलान्यास गरे । जाजरकोट मध्यपहाडी लोकमार्ग, छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने त्रिदेशीय सडक र लुम्विनी रारा सडकको समेतबीच भागमा जाजरकोट पर्ने भएकाले यहाँ जडीबुटीको प्रशोधनको कामले गति लिने बस्नेतले बताए । ११ जेठ २०७९ भित्र भवन निर्माण गरिसक्ने लक्ष्य ज्ञानज्योती बिल्र्डस प्रालिले लिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार ०८:४३