१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

साना किसान विकास लघुवित्तको सीईओमा पुनः डा. शिवरामप्रसाद कोइराला नियुक्त

९ भदाै, काठमाडौँ । साना किसान विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकुतमा पुन डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । हिजो बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालका लागि कोइरालालाई नै सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

काईरालाले व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेर २७ वर्ष कृषि विकास बैंकमा काम गरेको अनुभव रहेको छ । काठमाडौँ तीनकुनेमा केन्द्रीय कार्यालय रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न ठाउँमा वित्तिय सेवा दिदै आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १७:३१