१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

चन्द्रागिरीबाट पर्यटक बस चढेर निर्वाचन आयोग पुगे माधव नेपाल समूहका नेता (फोटोफिचर)


९ भदौ, काठमाडौँ । माधवकुमार नेपाल पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् । आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेताहरूलाई सनाखतका लागि बुधबार बोलाएको थियो । सोही प्रयोजनका लागि माधव नेपालसहितका नेताहरू कान्तिपथस्थित आयोग कार्यालय पुगेका छन । उनीहरू चन्द्रागिरीबाट सीधै आयोगको कार्यालय पुगेका हुन । आफ्नै सवारी नभएका नेताहरू भने पर्यटक बसमा चढेर आयोग पुगेका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले २० प्रतिशत केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर गरेर आजै माधव नेपाल पक्षलाई नयाँ पार्टीको प्रमाणपत्र दिने भएको छ । तस्बीरहरूः न्युजकारखाना

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १२:१३

https://srdb.com.np/