२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

चाक्सीबारीमा पौडेल पक्षको बैठक जारी, महाधिवेशनका लागि नयाँ रणनीति बनाउँदै

९ भदौ, काठमाडौँ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेकाे छ । प्रकाशमान सिंह निवास चाक्सीबारीमा पौडेल समूहको बैठक जारी रहेकाे हाे ।

आगामी मंसिर ११–१३ गतेसम्म हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि रणनीति बनाउन पौडल समूहको बैठक बसेको हो ।

बैठकमा नेता पौडेलसहित, प्रकाशमान सिंह, डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडुसहितका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ११:२८