२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मन्दिर हिँडेकी किशोरीको शव चार दिनपछि मकैबारीमा फेला

९ भदौ, सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–६ मा एक किशोरीको शव फेला परेको छ । मन्दिर जान्छु भनेर ४ भदौमा घरबाट हिँडेकी १६ वर्षीया निरु विकको शव चार दिनपछि मकैबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शरीरको विभिन्न अंग छुट्टिएको र जंगली जनवारले खाएको अवस्थामा शवव भेटिएको स्थानीय बसन्त सुनारले बताए ।घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १०:३५