२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

उपत्यकाको निषेधाज्ञा भदौ १६ गतेसम्म थप,राती ८ बजेपछि पनि सवारीसाधन चलाउन पाइने(सूचीसहित)

८ भदाै, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थप भएको छ । भदौ ८ गतेसम्म जारी निषेधाज्ञा भदौ १६ गतेसम्मलाई कायम गरिएको छ । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो।

काेराेना संक्रमणकाे दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। पराजुलीले भने, राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ ।

यसअघि काठमाडौँ उपत्यकामा राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । थप गरिएको निषेधाज्ञामा भौतिक दूरी र मास्क नलगाई हिँड्नेलाई कडाई गरिने भएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभा, सम्मेलन, सेमिनारमा रोक लगाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १५:००