१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

भोलिदेखि तेह्रथुम पावरको आईपीओ बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

८ भदाै, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले भोलि (भदौ ९ गते, बुधबार) देखि सर्वसाधारण लगानीकर्ताका लागी साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ। भने बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनिकाे आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिन मिति भदौ २३ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागी आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ रेटिङ्गमा इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

प्रकाशित मिति : 14:10