२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रियंका हत्यारालाई प्रहरीले गर्याे सार्वजनिक

८ भदाै, सर्लाही। प्रियंका भुजेल हत्या घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले प्रियंकाकाे हत्यामा संलग्न आरोपमा लालबन्दी नगरपालिका–१७ का अनिष दहाल र कृष्ण साहलाई सार्वजनिक गरेको हो । प्रियंका  गत साउन ३१ गतेदेखि बेपत्ता थिइन् ।

अभियुक्त युवाहरूलाई प्रहरीले भदौ १ गतेमा पक्राउ गरेपछि उनीहरूकै बयानका आधारमा युवतीको शव भदौ २ मा सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोलाको बगरमा फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धान र बयानबाट प्रियंकाको हत्या ती युवाहरूले नै गरेको खुलेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपी संतोषसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ परेकालाई सोमबार दोस्रो पटक म्याद थप गरि अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १२:३५