२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

लुम्बिनीको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

८ भदाै, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । मुख्य न्यायधिवक्तामा निययुक्त भएका प्युठानका सुवेदीलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले सोमबार राती शपथ ग्रहण गराएकी हुन् ।

निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएपछि रिक्त पदमा सरकारले सुवेदीलाई नियुक्त गरेको हो ।

नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १२:१८