२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कुलमानको नियुक्ति विरुद्ध हितेन्द्रदेवले दर्ता गरेकाे रिटमाथि आज सुनुवाइ हुँदै

७ भदाै, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेकाे रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । शाक्यले कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै  सर्वोच्च अदालतमा दायर गरेकाे रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले  हेर्ने भएका छन् ।

भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो ।शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् । साथै उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १०:३४