१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

कुलमानले सेलीब्रेटी बन्न विद्युत प्राधिकरणको २८ करोड रूपैयाँ दुरूपयोग गरेको पुष्टि


७ भदाै, काठमाडाैँ । भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्यको चर्चा बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुन नयाँ फण्डा बाहिर आएको छ । उनले प्राधिकरणको ३५ औँ वार्षिकोत्सवमा मात्रै मिडियालाई विज्ञापनबापत झण्डै १ करोड रुपैयाँ खर्चिएको रहस्य बाहिर आएको हो ।

घिसिङले ३५औं वार्षिकोत्सवमा ७३ लाख १८ हजार ५ सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पत्रपत्रिका, अनलाइन र टिभीमा विज्ञापनबापत सो रकम खर्चिएको देखिएको हो । जनताको पैसालाई मनोमानी रुपमा खर्च गरेर मिडियालाई आफ्नो पक्षमा पारेको भन्दै कुलमानविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ ।

घिसिङको यसअघिको कार्यकालमा कुल २८ करोड रुपैयाँ विज्ञापनबापत खर्च गरेको र त्यसैबाट मिडिया उनको पक्षमा भएको भन्दै छानबिन गर्न माग गर्दै अख्यिारमा उजुरी परेको हो । उहाँले औसतमा वार्षिक रूपमा ७ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको अख्तियारको उजुरीबाट देखिन्छ । ४ वर्षे कार्यकालमा घिसिङले २८ करोड रुपैयाँ खर्च गरेको र छानबिन गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

मिडियालाई आफ्नो पक्षमा पारेपछि विरोध कतैबाट पनि नहुने भन्ने राम्रोसँग बुझेका घिसिङले ठूलो रकम मिडियामा खर्च गरेका हुन । घिसिङले मिडिया अनुसार विज्ञापन रकम उपलब्ध गराएका छन । ३५औँ वार्षिकोत्सवमा सबैभन्दा बढी गोरखापत्रलाई विज्ञापनबापत रकम उपलब्ध गराएका छन ।

उनले गोरखापत्रलाई एउटै कार्यक्रमबापत ७ लाख रुपैयाँभन्दा बढी रकम दिएका छन । त्यसैगरी, दोस्रो धेरै पैसा लिनेमा कान्तिपुर मिडिया ग्रुप छ । उसले एउटै साधारणसभाबाट झण्डै ४ लाख रुपैयाँभन्दा बढी पैसा लिएको हो । न्यू बिजनेस एज, कामना प्रकाशन प्रालि, नागरिक दैनिक र नयाँ पत्रिकासहित घिसिङले १ सय ४४ वटा मिडियालाई रकम उपलब्ध गराएको देखिएको छ । यो सम्पूर्ण विवरण एउटै कार्यक्रमको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार २०:०५

https://srdb.com.np/