२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

काेराेना अपडेटः १८०१ संक्रमित थपिए, २४ जनाको मृत्यु, १९२४ संक्रमणमुक्त

७ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८७०४ जनाको पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २५३ जना गरी थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ। सोही अवधिमा १९२४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:४६