२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कुलमानको नियुक्ति विरुद्ध हितेन्द्रदेवले दर्ता गरेकाे रिटमाथि मंगलबार सुनुवाइ हुने

७ भदाै, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेकाे रिट निवेदनमाथि मंगलबार सुनुवाइ हुने भएको छ ।  शाक्यले कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

 भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार सो रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।

शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् । साथै उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १६:३२