२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

भाजपा नेता चौथाइवाले र महन्थ ठाकुरबीच भेटवार्ता

७ भदाै, काठमाडाैँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले र नवगठित लोकतान्त्रिक सामाजवादी (लोसपा) पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । चौथाइवाले र ठाकुरबीचकाे भेटवार्तामा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएकाे छ ।

आइतबार काठमाडाैँ आएका चौथाइवाले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका छन् । यसअघि चौथाइवाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १६:०२