२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बस्ने, भीम रावलसहितका नेता पनि सहभागी हुने

७ भदौ, काठमाडौँ । माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरेपछि पार्टीलाई थप क्षति हुन नदिन १० बुँदे सहमति कार्यान्वयनको ठोस खाका तयार भएको छ ।

एमालेको विवाद समाधान कार्यदलका सदस्यहरू सहित अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार बिहान भएको छलफलमा १० बुँदे कार्यान्वयनको मोडालिटीमा सहमति जुटेको एक जना सदस्यले जानकारी दिए । त्यसका लागि आजै साँझ वा भोलि बिहान स्थायी कमिटीको बैठक बोलाइनेछ ।

जुन बैठकमा उपाध्यक्ष डा भीमबहादुर रावलले नेतृत्व गरेको समूह पनि सहभागी हुनेछ । त्यसपछि १० बुँदे सहमति कार्यान्वन पूर्ण रूपमा हुनेछ । पार्टी र भ्रातृ संगठनको जिम्मेवारी २०७५ जेठ २ अघिको अवस्था फर्कनेछन ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १३:३४