२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक जारी

७ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुकाे बैठक जारी रहेकाे छ ।  सोमबार विहान बत्तिसपुतलीस्थित एक होटलमा  पौडेल पक्षीय शीर्ष नेताबीच छलफल जारी रहेकाे हाे ।

१४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको हाे ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १०:३२