२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमाले बागमती प्रदेश कमिटीमा नुवाकोटबाट थपिए १० जना (भिडियो रिपोर्टसहित)

६ भदाै, नुवाकोट । नेकपा एमालेको बागमती प्रदेश कमिटीले पूर्णता पाएको छ । माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगकमा निवेदन दर्ता गरेर बसिरहेको समयमा एमालेले भने आफ्नो संगठन सुदृढिकरण गरेर अघि बढाइरहेको छ । पछिल्लो सयम एमालेको बागमती प्रदेश कमिटीले पूर्णता पाउँदा नुवाकोटबाट १० जना सदस्य थपिएका छन ।

जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीसहित १० जना थपिएको एमाले नुवाकोटका प्रचार विभाग प्रमुख माधवप्रसाद तिवारीले जानकारी दिए । थपिनेमा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, भूमि समस्या समाधान आयोग नुवाकोटका सदस्य बलराम आचार्य, युवा नेता गणेश श्रेष्ठ, विजय लोप्चन रहेका छन । त्यस्तै पुराना कम्युनिस्ट नेताहरू जनार्दन भण्डारी र गोकर्णराज पाठक पनि कमिटीमा थपिएका छन ।

त्यस्तै नारायण बस्नेत, धनबहादुर तामाङ र अजितमान तामाङ पनि कमिटीमा थपिएका छन । प्रचार विभाग प्रमुख तिवारीका अनुसार त्यसअघि नै बागमती प्रदेशका आन्तरिक मामिला र भौतिक पूर्वाधार मन्त्री रहेका केशवराज पाण्डे, एमाले नुवाकोटका संस्थापक रामशरण प्याकुरेल, महिला नेतृ विन्दा ढुंगाना र विदुर नगरपालिकाका पूर्व मेयर ठाकुर गजुरेल लगायत प्रदेश कमिटीमा रहेका छन ।

एमालेले संगठन सुदृढिकरणमा तीब्रता दिँदा पालिका कमिटीदेखि प्रदेश कमिटीसम्म युवा अनुहारको बाहुल्यता देखिएको छ । बागमतीको कमिटीको अध्यक्षमा दोलखाका आनन्द पोखरेल र धादिङका खेम लोहनी सचिव रहेका छन ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १९:४०