१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कमलपोखरीको २४ रोपनी जग्गा गायब, एकै व्यक्तिले कब्जा गरे २० रोपनी, प्रहरी पनि अतिक्रमणमा

२ साउन, काठमाडौँ । काठमाडौँको कमलपोखरीको २४ रोपनी जग्गा गायब भएको छ । जग्गा अतिक्रमणमा परेर गायव भएको हो । अन्नपूर्ण पोष्टका अनुसार साविक काठमाडौं १ स्थित कमलपोखरीको २४ रोपनी जग्गा गायब भएको हो । प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन ।

४८ रोपनीमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि नरहेको समाचारमा उल्लेख गरिएको छ । २०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउटै व्यक्तिले २० रोपनी जग्गा आफ्नो नाममा दर्ता गराएका छन् । कि.नं. ४०४ को २० रोपनी १० आना १ पैसा १ दाम मणिराज गुरुङको नाममा दर्ता भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार ०९:२६