२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पेट्रोलियम पदार्थकाे उत्खननमा चासो दिन अध्यक्ष ओलीको आग्रह

६ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननकाे सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले पेट्राेलियम पदार्थ उत्खनन भएपछि देशकाे आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले उक्त काममा लाग्नुपर्ने बताए । ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आइतबार भएको भेटघाटमा उनले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ नागरिकलाई हुने भएकाले त्यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह समेत गरे ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायतका क्षेत्रमा चीन सरकारसँग जीटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १७:०९