२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कांग्रेस क्रियाशील सदस्यता विवादः देउवालाई आज प्रतिवदेन बुझाइँदै

६ भदाै, काठमाडाैँ ।  नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको नेताहरुले दाबी गरेका छन् ।कार्यदलले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानको प्रतिवेदन आज सभापति शेरबहादुर देउवालाई बुझाउन लागेको हो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरेको दाबी गरेका छन् । भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएको जनाएका छन् ।

 क्रियाशील सदस्यता विवादकै कारण पटक/पटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९-१३ गतेसम्म गर्ने तय भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १२:३७