१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

तपाईंहरु बुढाहरूका काँध बसेर गोजीमा लुकेर मन्त्रीहुनेहरू हो, बच्चा होइन साल बन्नु भो


-डा युवराज संग्राैला

एकताबादी तटस्तबादी ! उहाँहरुले नाटक बन्द गरे हुने। जता मन लाग्छ तेता जानुहोस, नाटक बन्द गर्नुहोस्। युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा बिकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चहेका हुन जनताले । एमाले फुट्यो, मानिसहरुले नचांहादै पनि । यो फुट्नुमा अहिले तटस्थबादीहुनेको भुमिका सानो छैन । स्वयम तपाइँहरुलाई थाह छ । तर तपाईको सिद्धान्त के हो देखिएन। पदमा बस्ने, भोली पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने । सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ ! थोरै, यो जनता र देशका लागि हो !

१. हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बुढा नेतालाइ हौस्याउने तपाईंहरु होइन ? नेपाल-खानालले ठिक गरे गरेनन इतिहासले मुल्यांकन गर्छ । उनीहरुले गलत गरेको लाग्छ भने तपाईहरु चुपचाप एमालेमा बस्नुहोस न । के तपाईंहरुलाइ नेपाल खनालले धम्क्याए ? तेसो हो भने पुलिसमा जाहेरी दिनुहोस् ।

२.थाह छ तंपाइहरुले आफ्नो हैसियत के बनाउनु भयो ? अब एमालेमा जांदापनी गुट यथावत रहन्छ तपाईंका कारणले । तपाइँहरु अर्काेतिर जानुभयो भने पनि गुट बन्छ । तपाईंहरुको हैसियत त बच्चा जन्मिदा संगै निस्कने सालको जस्तो भयो । कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ । तर निक्लिए पनि यो फ्यांकिन्छ । तपाईंहरु बच्चा होइन साल बन्नु भो ।

३. नेपाल-खनालको मुल्यांकन इतिहासले गर्छ । ओलिको मुल्यांकन पनि इतिहासले गर्छ । इतिहास नियन्त्रणमा राख्ने ताकतवर ऐले सम्म देखिएको छैन संसारमा । कम्तीमा राम्रो नराम्रो जे भएपनी उनिहरुमा निर्णय गर्ने आंट त रहेछ। जे गरे गरे । तर बिचारका कुरा होइन रहेछ्नी तपाइँहरुको ! एउटा उतर दिनुहोस एमाले ब्रान्ड हो वा बिचार ? ब्रान्ड हो भने के को अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नुहोस् । तपाइँको बिचार मिल्दैन भने ओलि छोड्नुहोस् । देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस । तर तेसो होइन तपाईंहरु आफ्ना स्वार्थसिद्ध गर्न राजनीति झन झन गिजोल्दै हुनुहुन्छ । अब तपाईका हातमा केहि छैन ।

यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाइ तपाईंका वाइयात राजनितीको बारेमा पत्र पत्रीका सामाजिक संजाल र टिभी हेर्दा दिक्क लाग्यो।अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ । तपाईहरु ठिक अरु गलत छ्न भने बोल्सेभिक बनेर देखाउनु होस न । के प्रष्ट भएको छ भने तपाईंहरु बाहिर देखीएजस्तो ओज भएको भोलि देश चलाउने नेता भएको मानिस होइन । तपाईंहरु बुढाहरुका काँध बसेर गोजीमा लुकेर मन्त्रीहुनेहरु हो। देशको राजनीति अझै नगीजोल्नु होस।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ०९:२७

https://srdb.com.np/