२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

घनश्याम भुसाललाई गोकुल बास्कोटाको जवाफः मंगलबार पछि बुधबार आउछ

५ भदौ, काठमाडौँ । नेकपा एमाले विभाजन भैसक्दा पनि बाँकी नेताहरूको बीचमा फेरि आन्तरद्भन्द्ध चर्किएको छ । माधवकुमार नेपाल समूह भनेर चिनिएका तर नेपालले गठन गरेको पार्टीमा नगएका ५७ नेताको तर्फबाट सांसदहरू माथिको कारबाही फिर्ता लिन मंगलरसम्मको अल्टिमेटम दिएकोमा नेता गोकुल बास्कोटाले त्यसको जवाफ दिएका छन ।

समूहका तर्फबाट घनश्याम भुसाल लगायतका नेताले मंगलरबार सम्मको अन्तिम अल्टिमेटम एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भनेर दिएका छन । सोको जवाफ दिँदै पूर्व सञ्चार मन्त्री समेत रहेका बास्कोटाले मंगलरपछि बुधबार आउने भन्दै अल्टिमेटले केही नहुने बताएका छन ।

उनले भनेका छन, ‘मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै देखिन्छन र चलाख पनि।तर खास फरक गृष्मयाममा देखिन्छ।र,सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउछ।’

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार २०:५३