२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

माधव समूहका ५७ नेताको तर्फबाट ९ नेताको अपिलः एमालको विकल्प छैन (विज्ञप्तिसहित)

४ भदाै, काठमाडाैँ । नेकपा एमालेका ५७ नेताका तर्फबाट ९ जना नेताले फेरि संयुक्त विज्ञप्ति जारी गरेका छन । डा भीमबहादुर रावलसहितका स्थायी कमिटीका ९ जनाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन । उनीहरूले एमलेको विकल्प नभएकाले यसलाइ जोगाउनका लागि अपिल गरेका छन ।

अपिलमा माधव नेपाललाई एमालेमै फर्कने आग्रह गरिएको छ । शुक्रबार काठमाडाैँमा भएको भेलामा ५७ नेताले नेपाललाई एमालेमै फर्कन अनुरोध गरेका हुन ।  शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा केन्द्रीय सदस्य र सांसदहरुको छलफल यस्तो निष्कषमा पुगेका हुन । उनीहरूले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार २२:४०