२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

माधव नेपाललाई एमालेमै फर्कन एकता पक्षधर ५७ नेताको आग्रह

४ भदाै, काठमाडाैँ । माधव नेपाललाई एमालेमै फर्कने एकता पक्षधर ५७ नेताको आग्रह गरेका छन । शुक्रबार काठमाडाैँमा भएको भेलामा ५७ नेताले नेपाललाई एमालेमै फर्कन अनुरोध गरेका हुन ।  शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा केन्द्रीय सदस्य र सांसदहरुको छलफल यस्तो निष्कषमा पुगेको एमाले सचिव गोकर्ण बिष्टले जानकारी दिए । उनले दल विभाजन गर्न ल्याइएको अध्यादेशको विरोध जारी राख्ने निष्कर्ष निस्केको पनि बताए ।

छलफलले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेको हो । सचिव विष्टले भने , ‘भेलाले एकता प्रयास जारी राख्ने, दल विभाजन अध्यादेशको विरोध गर्ने र १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने निर्णय ग¥यो,’ बिष्टले भने, ‘माधव नेपालसहित १४ जनामाथिको कारबाहीलाई फिर्ता लिन आग्रह गर्ने र दल दर्ताबाट माधव नेपाललाई फिर्ता हुने आग्रह गरेका छौं।’

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १९:२२