२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कोरोना अपडेट: ३०४२ संक्रमित थपिए, २६ जनाको मृत्यु, २२२४ जना संक्रमणमुक्त

४ भदाै, काठमाडाैँ । पछिल्लो २४ घन्टामा तीन हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ नमूना परीक्षणमध्ये २ हजार ७९ पीसीआर र ९६३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा हालसम्म ८ लाख २३ हजार ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ४५५ पुगेको छ । मन्त्रालयका अनुसार थप २ हजार २२४ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । हाल मुलुकभर ४० हजार ३०९ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १७:०५